सचिवहरुको कार्ययोजनामाथि प्रधानमन्त्रीको टिप्पणी
नेपाल सरकारका विभिन्न सचिवहरुले तयार पारेको कार्ययोजनामाथि छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा भएको विशेष बैठकमा उक्त कार्ययोजनामाथि छलफल भएको बताइन्छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो साढे १२ देखि साढे ३ बजेसम्म कार्ययोजनामाथि छलफल भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, मुख्यसचिव शंकरदास बैरागीलगायत विभिन्न मन्त्रालयका सचिवको उपस्थिति थियो ।
त्यसैगरी सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायत पनि बैठकमा उपस्थित भएको बताइएको छ । सचिवहरुले तयार पारेको कार्ययोजनाको कार्यान्वयनको निम्ति प्रधानमन्त्री दाहालले संक्षिप्त निर्देशन दिनुभएको बुझिएको छ ।
टिप्पणीहरू