गोरखाको बारपाकमा जनयुद्ध दिवसको बिदा

गोरखाको बारपाकमा जनयुद्ध दिवसको बिदा

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ । 

माघ १६ गते बसेको कार्यपालिकाको बैठकले जनयुद्ध दिवस मनाउन पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले सो दिन गाउँपालिका मातहतमा रहेका कार्यालय र शैक्षिक संस्थाहरु बन्द हुने बताए ।

उनले त्यसदिन ‘राष्ट्र निर्माणमा शहिदको योगदान’ विषयक गाउँपालिकास्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय भएको पनि जानकारी दिए । साथै, पालिकाले गाउँभरी दिपावली गरेर जनयुद्ध दिवस मनाउन अनुरोध समेत गरेको छ ।

टिप्पणीहरू