उपप्रधानमन्त्री श्रेष्ठ मनाङ चढेर महोत्तरी

उपप्रधानमन्त्री श्रेष्ठ मनाङ चढेर महोत्तरी

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज महोत्तरी पुग्नुभएको छ । उहाँ केही बेरअघि हेलिकप्टरमार्फत महोत्तरीको बर्दिवास ओर्लनुभएको हो । 

बिहान साढे ११ बजे मनाङको हेली चढेर उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौँबाट बर्दिवास प्रस्थान गर्नुभएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतले बताएको छ । मन्त्री श्रेष्ठसँग अरु दुई जना पनि बर्दिवास गएका छन् ।

टिप्पणीहरू