बुटवलमा एक हप्ता दैनिक चार घण्टा बत्ती जाने

बुटवलमा एक हप्ता दैनिक चार घण्टा बत्ती जाने

बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रशारण लाइन एक साता दैनिक ४ घण्टाका लागि बन्द हुने भएको छ । भोलिदेखि फागुन ३ गतेसम्म प्रत्येक दिन बिहान ७ देखि ११ बजेसम्म प्रशारण लाइन सटडाउन गर्न लागिएको हो ।  

कालीगण्डकी प्रशारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरास्थित न्यू बुटवल, सबस्टेशन नजिकै पर्ने आयोजनाको ‘एमसीटी १६’ को पावर इरेक्सनको काम अघि बढाउने भएपछि विद्युत बन्द गर्न लागिएको बताइएको छ । 

नेपाल विद्युत प्राधिकरण, बुटवल ग्रिड महाशाखाले आज सूचना जारी गर्दै सुनवल, बुटवल तथा मैनिहवा सब–स्टेशनहरुबाट सञ्चालित औद्योगिक तथा आवश्यकअनुसार ग्राहस्थ फिडरहरु सटडाउन गर्न भनेको छ ।

जारी सूचनामा भनिएको छ,‘नेपाल विद्युत प्राधिकरण, बुटवल ग्रिड महाशाखाअन्तर्गत रहेका सुनवल, बुटवल तथा मैनिहवा सब–स्टेशनहरुबाट सञ्चालित औद्योगिक तथा आवश्यकताअनुसार ग्राहस्थ फिडरहरु सटडाउन गर्नुपर्ने देखिएकोले उक्त समय र मितिमा विद्युतअवरुद्ध हुनसक्ने भएकोले सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिन्छ ।’

टिप्पणीहरू