माथिल्लो सदनको माननीयका लागि मतदान धमाधम

माथिल्लो सदनको माननीयका लागि मतदान धमाधम

लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान जारी छ । राष्ट्रियसभामा रिक्त एक सिटका लागि उपनिर्वाचन भएको हो । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा जारी मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । 

उपनिर्वाचनमा तीन जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एमालेबाट कुमार दसौदी, नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन् । 

प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनमा मतदाता रहने छन् । एक प्रदेशसभा सदस्य बराबर ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ । लुम्बिनी प्रदेशमा कूल मतदाता संख्या ३०५ छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २१८ छ ।  

प्रदेश निर्वाचन कार्यालयले आजै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटको लागि उपनिर्वाचन भएको हो ।

टिप्पणीहरू