काठमाडौंमा वैज्ञानिकहरुको सम्मेलन

काठमाडौंमा वैज्ञानिकहरुको सम्मेलन

आँउदो फागुन ७ र ८ गते काठमाडौंमा सातौं युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब कलेजको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा कक्षा आठदेखि १२ सम्मका युवा अनुसन्धानकर्ताहरुले भाग लिने सक्ने आयोजकले जनाएको छ । 

सम्मेलनका लागि पाँच विद्या तय गरिएको छ । जसमा अनुसन्धानकर्ताले इन्जिनियरिङ तथा रोबोटिक्स, जीव विज्ञान, रसायन तथा पर्यावरण विज्ञान, भौतिक विज्ञान र गणित तथा कम्प्युटर विज्ञानमध्ये कुनै एकमा अनुसन्धान कार्य प्रस्तुत गरी प्रतिस्पर्धामा भाग लिन सक्नेछन् ।

टिप्पणीहरू