विप्लवको पत्रकार सम्मेलन नाचघरमा

विप्लवको पत्रकार सम्मेलन नाचघरमा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो केन्द्रीय समितिको निर्णय सार्वजनिक गरेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गरेर सो पार्टीले ९ औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गरेको हो । सम्मेलन अहिले जारी छ । 

पत्रकार सम्मेलनमा पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने छन् । प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्ड, स्थायी समिति सदस्य सन्तोष बूढा मगर, अनिल शर्मा बिरही, उमा भुजेल शिलु, पोलिटब्युरो सदस्य चिरन पुन, बन्धु चन्द, नवीन विक, केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीलगायतका नेता कार्यकर्ताको सम्मेलनमा उपस्थिति रहेको छ ।

टिप्पणीहरू