देउवाको सुविधाविरुद्धको रिटमा कारण देखाऊ आदेश

देउवाको सुविधाविरुद्धको रिटमा कारण देखाऊ आदेश

नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई उक्त हैसियतमा प्राप्त हुने सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आज कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले हिजो संसद् सचिवालयविरुद्ध रिट निवेदन दिएका थिए । रिटमा देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्दै संघीय संसद सचिवालयलाई विपक्षी बनाइएको थियो । सरकारलाई समर्थन गर्ने दलले विपक्षी दलको हैसियत नपाउने रिटमा जिकिर गरिएको छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेस प्रतिनिधिसभाको विपक्षी बेञ्चमा बसेको छ । यसअघि नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई समर्थन गरेको दलले प्रमुख प्रतिपक्षी दलको हैसियत नपाउने दाबी गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए । तर,सचिवालयले देउवालाई नै प्रतिपक्ष दलको नेता स्वीकार गरिसकेको छ ।

टिप्पणीहरू