हेटौंडामा दिउँसै बाघको आक्रमण, महिला घाइते

हेटौंडामा दिउँसै बाघको आक्रमण, महिला घाइते

हेटौँडामा आज दिउँसो भएको बाघको आक्रमणमा एक जना महिला घाइते भएकी छन् । हेटौंडा उपमहानगरपालिका–१८, रामधुनी नजिकैको जंगलमा बाघको आक्रमणबाट महिला घाइते भएकी हुन् । 

बाघको आक्रमणबाट स्थानीय ५५ वर्षीया मैती बयलकोटी घाइते भएको बताइएको छ । उनी घाँस काट्न जाँदा जंगलको छेवैमा बाघले आक्रमण गरेको हो ।

अहिले उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । महिलालाई आक्रमण गरेपछि बाघ जंगलमै फर्किएको छ । घाइतेको अनुहार र पछाडिको ढाडमा गहिरो चोट लागेको बताइएको छ । 

यसअघि उक्त बाघले दुई वटा बाख्रा र एउटा बंगुर खाइसकेको स्थानीयले बताएका छन् ।

टिप्पणीहरू