भूकम्पमा मारिनेको संख्या ११ हजार नाघ्यो, नेपाल सरकारद्वारा समवेदना व्यक्त

भूकम्पमा मारिनेको संख्या ११ हजार नाघ्यो, नेपाल सरकारद्वारा समवेदना व्यक्त

परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले आज टर्कीका विदेशमन्त्री मेबलुट चाबोस्वग्लुसँग टेलिफोन वार्ता गर्नुभएको छ । उहाँले अस्ति गएको विनाशकारी भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार र टर्की सरकारसमक्ष समवेदना जनाउनुभएको हो ।

टेलिफोन वार्तामा मन्त्री पौडेलले नेपालका तर्फबाट सहयोगको प्रतिबद्धता पनि जनाउनुभएको बताइएको छ । उहाँले त्यहाँ रहेका नेपालीलाई सुरक्षित क्षेत्रमा व्यवस्थापन गरिदिन पनि आग्रह गर्नुभएको छ ।

प्राकृतिक विपत्तिमा नेपालको सँधै साथ रहने उहाँले उल्लेख गर्नुभएको छ । प्रत्युत्तरमा टर्कीका विदेशमन्त्रीले नेपाल सरकारलाई धन्यवाद दिनुभएको छ । टर्कीमा अस्ति ७.८ म्याग्निच्युटको भुकम्प गएको थियो ।

टिप्पणीहरू