सशस्त्रमा चार जना डिआईजी थपिए, पाँच नम्बरका उम्मेदवार शीर्ष स्थानमा

सशस्त्रमा चार जना डिआईजी थपिए, पाँच नम्बरका उम्मेदवार शीर्ष स्थानमा

सशस्त्र प्रहरी बलमा चार जना एसएसपीको डिआईजीमा बढुवा भएको छ । रिक्त चार सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा गर्ने निर्णय गरिएको जनाइएको छ ।

गृह मन्त्रालयको बढुवा समिति सचिवालयले हिजोको निर्णयानुसार जारी गरेको सूचनामा उक्त सिफारिसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई सात दिनभित्र समितिमा उजुरी दिन सकिने उल्लेख छ । 

उक्त पदमा बढुवाको निम्ति सशस्त्र प्रहरी बलमा क्रमशः कृष्ण पाठक, दीपेन्द्र शाह, सुरेशकुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अञ्जनीकुमार पोखरेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, विनोदराज श्रेष्ठ र प्रकाश थापा वरिष्ठताको आधारमा उम्मेदवार थिए । पाठक दुई वर्षअघिदेखि डिआईजी हुन बाँकी एक्ला वरिष्ठ एसएसपी हुन् । 

तर, हिजोको बढुवामा पनि पाठक परेका छैनन् । वरिष्ठताको आधारमा तीन नम्बरमा रहेका सुरेशलाई पहिलो, पाँच नम्बरमा रहेका अञ्जनी दोस्रो, दुई नम्बरमा रहेका शाह तेस्रो र चार नम्बरमा रहेका पुरुषोत्तमलाई चौथो नम्बरमा राखेर डिआईजीमा बढुवा गरिएको छ ।

टिप्पणीहरू