एकाबिहानै पर्यटनमन्त्री एअरपोर्टमा, एक महिनामा तीन पटक छड्के

एकाबिहानै पर्यटनमन्त्री एअरपोर्टमा, एक महिनामा तीन पटक छड्के

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । मन्त्री किराती आज बिहान अँध्यारैमा त्यहाँ पुग्नुभएको बताइएको छ ।

 ‘मन्त्रीज्यू यहाँ आउँदा राम्रोसँग उज्यालो पनि भएको थिएन,’ विमानस्थल कार्यालयका एक जना अधिकृतले भने, ‘बिहानको ६ बजेको हाराहारीमा आउनुभो । एक घण्टा जति निरीक्षण गरेर जानुभयो ।’ आजको निरीक्षण टोलीमा पाँच मन्त्रीसहित पाँच जना रहेको बताइएको छ ।

मन्त्री किरातीले पटक पटक निरीक्षण गरे पनि विमानस्थलको अव्यवस्थामा कुनै परिवर्तन आएको देखिँदैन । सामान्यतयाः राज्यको उपल्लो निकायले बारम्बार निरीक्षण र निर्देशन दिँदैन । यसबाट त्यस्तो निरीक्षण र निर्देशनको पालना नभएको आकलन गर्न सकिने विज्ञहरु बताउँछन् ।
 

टिप्पणीहरू