नेपाल भ्रमणमा आएका विदेशी प्रतिनिधिमण्डल धमाधम फर्कंदै

नेपाल भ्रमणमा आएका विदेशी प्रतिनिधिमण्डल धमाधम फर्कंदै

नेपाल भ्रमणमा आएको अमेरिकी र युरोपेली युनियनका प्रतिनिधिहरु स्वदेश फर्केका छन् । अस्ति राति आएको अमेरिकी सहयोग नियोग युएसएआईडीको उच्चस्तरीय टोली गएराति स्वेदश फर्केको छ । टोली आज बिहान सवा २ बजे कतारको दोहा हुँदै अमेरिका गएको बताइएको छ ।

त्यसैगरी नेपाल आएको युरोपेली युनियनको टोली पनि भर्खरै स्वदेश फिर्ता भएको छ । उनीहरु पनि कतार एअरवेजको उडानमा दोहा हुँदै गएका हुन् । युनियनका कमिसनर जुट्टा उर्पिलाइनेन र क्याबिनेट सदस्यहरु ओलाभी भोइओनमा र अर्टो भिर्टानेन नेपाल भ्रमण सकाएर गएका हुन् ।

बुधबार राति सवा १ बजे सोही एअरलाइन्सबाट आएको टोली आज बिहान पनि कतार एअरवेजको उडानमा प्रस्थान गरेको हो । उक्त टोली पनि हिजो दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएको थियो ।

टिप्पणीहरू