माओवादीको वरीयता निर्धारण, दुई जना उपाध्यक्षमा बढुवा

माओवादीको वरीयता निर्धारण, दुई जना उपाध्यक्षमा बढुवा

नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ । महाधिवेशन सम्पन्न भएको एक वर्षपछि केन्द्रीय समितिलाई पूर्णता दिएको माओवादीको माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकले नेताहरुको वरीयता निर्धारण गरेको हो । 

जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो वरीयतामा रहँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो स्थानमा हुनुहुन्छ । त्यसपछि उपाध्यक्षहरु कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्पा भुसाललाई क्रमशः वरीयतामा राखिएको छ । सभामुख भएपछि पार्टीको जिम्मेवारी त्यागेका सापकोटा र यसअघि उपमहासचिव रहेका भुसाललाई पछिल्लो स्थायी समिति बैठकले उपाध्यक्ष बनाएको हो । 

उपाध्यक्षपछिको वरीयतामा महासचिव देवप्रसाद गुरुङ हुनुहुन्छ । त्यसपछि उपमहासचिवहरु क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादवको वरीयता निर्धारण गरिएको छ ।  

नौ जना सचिवमध्ये दिननाथ शर्मा सबैभन्दा अगाडि हुनुहुन्छ । त्यसपछि क्रमशः चक्रपाणी खनाल ‘बलदेव’, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की (राम कार्की) को नाम उल्लेख छ । कोषाध्यक्ष श्रीराम ढकाल ‘प्रसान्त’ को वरीयता पदाधिकारीहरुको अन्तिममा छ । 

माओवादीले २२ सदस्यीय पदाधिकारी, ४४ जनाको स्थायी कमिटी तथा ३८६ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।
 

टिप्पणीहरू