‘तयारी नपुगेको’ भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

‘तयारी नपुगेको’ भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

सत्तारूढ दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अन्तिम समयमा रोकिएको छ । आज दिउँसो बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो । 

नेकप एमाले र नेकपा माओवादीले आवश्यक तयारी नपुगेको जनाएपछि बैठक स्थगित भएको स्रोतले जनाएको छ । बैठकअघि एमाले र माओवादी दुबैले पार्टी बैठक डाकेका थिए । 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्ने निर्धारण भएको थियो । हिजो अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच भएको सहमतिपछि बैठक बोलाइएको हो । 

केहीबेर अघि एमाले अध्यक्ष पार्टी बैठक छाडेर प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबार पुगेपछि एकाएक बैठक स्थगित भएको बताइन्छ ।
 

टिप्पणीहरू