एमालेले ‘मिसन ग्रासरुट’ अभियान चलाउने, केन्द्रीय सदस्यहरुलाई पालिकामा खटाउने

एमालेले ‘मिसन ग्रासरुट’ अभियान चलाउने, केन्द्रीय सदस्यहरुलाई पालिकामा खटाउने

आज बसेको एमाले सचिवालय बैठकले फागुन ५ गतेदेखि मिसन ग्रासरुट अभियान चलाउने भएको छ । पार्टीलाई जगैदेखि मजबुत गराउने उद्देश्यले उक्त अभियान चलाउन लागिएको बताइएको छ ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अभियानमा केन्द्रीय सदस्यहरुलाई पालिकामा खटाइने छ । उनीहरुलाई ११ वटा जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ ।

ती केन्द्रीय सदस्यले सदस्यता वितरण गर्ने, प्रशिक्षण दिने, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुव्यवस्ति गर्ने एवम् पार्टी र समाजमा विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका विषयमा रायसुझाव लिनेलगायत जिम्मेवारी पूरा गर्ने जानकारी दिइएको छ ।

एक जना केन्द्रीय सदस्यलाई औसत तीन वटा पालिकाको जिम्मेवारी दिइने छ । त्यसभन्दा पहिले सबै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्न लागिएको छ । उक्त कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले एकैसाथ भर्चुअल सम्बोधन गर्ने र उपाध्यक्षहरुले प्रदेशमा आयोजित कार्यक्रममा भौतिक उपस्थिति जनाउनेछन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालमा बसेको झण्डै साढे तीन घण्टा लामो सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

टिप्पणीहरू