विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री पदमुक्त

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री पदमुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएपछि उनी पदमुक्त भएका हुन् । 

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । रावल पुस २७ गते एमालेसहित माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । 

रावललाई मुख्यमन्त्रीमा समर्थन गरेको दल नागरिक उन्मुक्तिका सांसदहरु प्रदेशसभा बैठकमा अनुपस्थित हुँदा प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

टिप्पणीहरू