एमाले नेताहरुको जिम्मेवारी हेरफेर, घनश्यामको ठाउँमा विन्दा पाण्डे

एमाले नेताहरुको जिम्मेवारी हेरफेर, घनश्यामको ठाउँमा विन्दा पाण्डे

नेकपा एमालेले चार जना नेताको जिम्मेवारी हेरफेर गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले रिक्त चार स्थानमा चार नेतालाई जिम्मेवारी तोकेको हो ।

जसअनुसार देवराज घिमिरे सभामुख भएपछि रिक्त प्रदेश १ को इञ्चार्जमा पूर्वसांसद तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम चयन भएका छन् । त्यस्तै, घनश्याम भुसालले पार्टी छाडेपछि खालि रहेको अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डेलाई लगिएको छ । 

त्यस्तै, अपांगता विभाग प्रमुखमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र मधेस प्रमुखमा रामचन्द्र मण्डललाइ जिम्मेवारी तोकिएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

बैठकले फागुन ५ गतेदेखि ‘मिसन ग्रासरुट’ अभियान चलाउने निर्णय पनि गरेको छ । अभियानमा खटिने नेताहरुका लागि फागुन ५ गते सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्ने र त्यसका लागि अध्यक्ष ओलीले काठमाडौंबाट भर्चुअल र उपाध्यक्षहरुले सम्बन्धित प्रदेशमा पुगेर सम्बोधन गर्ने कार्यक्रम बैठकले तय गरेको छ ।

टिप्पणीहरू