प्रहरीलाई भान्छे, हजाम र कुचिकार चाहियो

प्रहरीलाई भान्छे, हजाम र कुचिकार चाहियो

नेपाल प्रहरीले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । प्रहरीले कार्यालय सहयोगीको रिक्त पदपूर्ति गर्न आवेदन खुल्ला गरेको हो । 

जसमा भान्छे, हजाम, सिलाई, बुनाई र कुचिकारलगायतका पदमा आवेदन मागिएको छ । प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सूचनामा खुला र समावेशीसहित भान्छे ८२ जना, हजाम १५, सिलाई बुनाइ १० र कुचिकार ३० जनाको माग गरिएको छ । 

साथै, योग्यता पुगेका नेपाली नागरिकले फागुन १ गतेदेखि ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

टिप्पणीहरू