बालुवाटारमा बिहान सत्तापक्ष, राति प्रतिपक्ष
प्रधानमन्त्रीको सरकारी निवासमा आज बेलुकी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच झण्डै दुई घण्टा कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्रीसँग कुराकानी गर्न प्रतिपक्षमा रहेका देउवा र नेपाल साँझ ७ बजेको समयमा बालुवाटार पुग्नुभएको हो । उहाँहरु केहीबेर अघि त्यहाँबाट निस्कनुभएको स्रोतको दाबी छ ।
आजै बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । त्यसपछि बालुवाटारमा नै सत्तारुढ दलका अध्यक्षहरु क्रमशः माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो ।
टिप्पणीहरू