पेरिसडाँडामा पूर्ण बैठक, आलोकनगरमा भेटवार्ता

पेरिसडाँडामा पूर्ण बैठक, आलोकनगरमा भेटवार्ता

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीच आज बिहान साढे ९ बजेको समयमा आधा घण्टा कुराकानी भएको एकीकृत समाजवादी स्रोतले बताएको छ । भेटवार्तामा सिद्धान्त र विचारधारा निकट पार्टी र समूहबीच एकता तथा सहकार्य गर्न सकिने विषयमा छलफल भएको हो ।

उता माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठक बसेको छ । मोर्चाका अध्यक्ष दलजित सेर्पालीको अध्यक्षतामा बसेको बैठकले मोर्चामा देखिएका समस्या, मोर्चा विस्तार र प्रदेशहरुमा मोर्चाले खेल्नुपर्ने थप भूमिकाबारे छलफल भएको मोर्चाका एक जना पदाधिकारीले बताए ।

टिप्पणीहरू