शीतल निवास पसिरमा जमघट शुरु, अधिकांश ‘भीआईपी’ उपस्थित

शीतल निवास पसिरमा जमघट शुरु, अधिकांश ‘भीआईपी’ उपस्थित

राष्ट्रपति कार्यालय शीतल निवासको प्राङ्गणमा झण्डै तीन सय जना भेला भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख तथा राष्ट्रिय सभाका अध्यक्षलगायत विशिष्ट अधिकारीहरु शीतल निवासमा आयोजित भेटघाट तथा सन्ध्याभोजमा उपस्थित हुनुभएको बताइएको छ ।

दिउँसो ३ बजे भनिए पनि कार्यक्रम साढे ३ बजे शुरु भएको बताइएको छ । संघीय संसदका सांसदहरुको सम्मानमा रास्ट्रपति भण्डारीले आजको कार्यक्रम आयोजना गर्नुभएको हो ।

कार्यक्रममा अधिकांश सांसद, संवैधानिक अंगका पदाधिकारीहरु, मन्त्रीहरु, नेपाली सेनाका प्रधानसेनापति, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, भूतपूर्व प्रधानमन्त्रीहरु, सनेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, सबै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति छ । त्यसैगरी विदेशी कूटनीतिक नियोगका प्रमुखहरु पनि कार्यक्रममा पुगेका छन् ।

आगामी फागुन २८ गतेदेखि कार्यकाल सकिन लाग्नुभएका राष्ट्रपतिले हिजो संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो । आज सोही सन्दर्भमा बिदाई भोजको आयोजना गर्नुभएको बताइएको छ ।

टिप्पणीहरू