अमेरिकी मन्त्रीहरुको लगालग आगमन

अमेरिकी मन्त्रीहरुको लगालग आगमन

युएसआईडीकी प्रमुख सामन्था पावर स्वदेश फर्केलगत्तै अर्की अमेरिकी अधिकारी नेपाल आएकी छन् । उपसहायक मन्त्री अफरिन अख्तर आज बिहान नेपाल आइपुगेकी हुन् । नेपालसहित श्रीलंका,बंगलादेश, भुटान,माल्दिभ्सलगायत एसियाली मामिला हेर्ने अख्तर कतार एयरवेजको क्युआर ६४४ उडानमार्फत बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको बताइएको छ । 

यसअघि अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसआईडी) की प्रमुख सामन्था पावर गत मंगलबार बिहान नेपाल आएकी थिइन् । भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटघाट गरिन् । त्यसअघि अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डको आगमन भएको थियो ।

एमसीसी पास गराउन चर्को कूटनैतिक दबाब दिएको अमेरिकाले त्यसयता एकपछि अर्को प्रतिनिधिलाई नेपाल पठाइरहेको छ ।
 

टिप्पणीहरू