सुदूरपश्चिमका मुख्यमन्त्री चप्पल कारखानामा, पूर्वमन्त्रीहरु बालुवाटारमा

सुदूरपश्चिमका मुख्यमन्त्री चप्पल कारखानामा, पूर्वमन्त्रीहरु बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान दुई जना पूर्वमन्त्रीले भेटवार्ता गरेका छन् । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाका दिलेन्द्रप्रसाद बडु र डोटीका प्रेम आलेले आज बिहान बालुवाटारमा प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

पूर्व उद्योगमन्त्री दिलेन्दप्रसाद बडुले मध्यान्हको समयमा करिब आधा घण्टा कुराकानी गरेलगत्तै पूर्व वन तथा पर्यटनमन्त्री प्रेम आले त्यहाँ छिर्नुभएको थियो । उता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पनि आजै बिहान भेटवार्ता गर्नुभएको छ । शाह आज बिहान १० बजेको समयमा महाराजगञ्ज चक्रपथस्थित चप्पलकारखाना नजिकै रहेको अस्थायी निवासमा भेट गर्न पुग्नुभएको थियो ।

कुलचन्द्र गौतम निवासमा बस्दै आउनुभएका सभापति देउवा र शाहबीच  सुदूरपश्चिम प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे झण्डै एक घण्टा छलफल भएको बुझिएको छ ।
 

टिप्पणीहरू