पेरिसडाँडामा जनयुध्द दिवस, प्रधानमन्त्री नपुग्दै पर्यटनमन्त्रीको काम सकियो
नेकपा माओवादी केन्द्रले पार्टी मुख्यालयमा जनयुध्द दिवस मनाउन लागेको छ । कोटेश्वरको पेरिसडाँडामा जनयुध्द दिवसको उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
बिहान साढे ८ बजे राखिएको २८ औं जनयुध्द दिवस कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहनुभएको छ ।उक्त कार्यक्रमपछि उहाँ सेनाको हेलिकोप्टरमा धनगढी जाने कार्यतालिका छ ।
बिहान सवा ८ बजेदेखि नेताहरु आउने क्रम जारी छ । झण्डै डेढ सय नेता,कार्यकर्ता कार्यालय परिसरमा पुगेका छन् । प्रधानमन्त्री पुग्नुअगावै संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती शहीद स्मारकमा माल्यार्पण गरेर कार्यक्रमस्थलबाट बाहिरिनुभएको आयोजकले जनाएको छ ।
टिप्पणीहरू