अनेरास्ववियूले भन्यो,‘जनयुध्दमा प्राप्त उपलब्धिको रक्षा गर्नु छ’

अनेरास्ववियूले भन्यो,‘जनयुध्दमा प्राप्त उपलब्धिको रक्षा गर्नु छ’

नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) ले जनआन्दोलन र परिवर्तनको लडाइँमा प्राप्त उपलब्धिहरुको रक्षाका निम्ति आह्वान गरेको छ । २८ औं जनयुध्द दिवसको अवसरमा शुभकामना दिँदै उसले विद्यार्थीहरुलाई एकताबध्द भएर जनआन्दोलन र परिवर्तनको लडाईंमा प्राप्त उपलब्धिहरुको रक्षा गर्न आह्वान गरेको हो । 

अनेरास्ववियुकी अध्यक्ष पञ्चा सिंहले आज विज्ञप्ति जारी गर्दै जनयुध्दको योगदानबाट मुलुकले प्राप्त गरेका उपलब्धिहरुलाई संस्थागत गर्दै सुशासन र सम्बृध्दिको जग बसाउनुपर्ने बताइन् । ‘जनयुध्दको योगदानबाट मुलुकले प्राप्त गरेका उपलब्धिहरुलाई संस्थागत गर्दै सुशासन र समृद्धिको जग बसाउने ऐतिहासिक दायित्व नयाँ पुस्ताको काँधमा आइपुगेको छ’, विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै, संविधान सभामार्फत नयाँ संविधान निर्माण गर्न र मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धमनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चितत गरिनु जनयुद्धकै योगदान भएको अनेरास्ववियूको भनाइ छ ।

टिप्पणीहरू