जिम्मेवारी भाग लगाउन रास्वपाका नेताहरु बैठकमा

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुरु भएको छ । काठमाडौंको बसुन्धारास्थित केन्द्रीय कार्यालयमा अहिले बैठक जारी छ । 

बैठकमा समसमाायिक राजनीतिक विषय र नेताहरुको जिम्मेवारी बाँडफाँडसम्बन्धी एजेण्डामा छलफल भइरहेको बुझिएको छ । बैठकमा चितवन–२ को उपचुनावबारे पनि छलफल हुने सहभागीहरुले बताएका छन् ।

सर्वोच्च अदालतले रविको नागरिकता अवैधानिक ठहर गरेपछि उनको सांसद पद खारेज भएसँगै रिक्त रहेको चितवन–२ मा बैशाख १० गते उपचुनावको मिति तोकिएको छ । सरकारबाट बाहिरिएपछि रास्वपाको पहिलो पटक केन्द्रीय समितिको बैठक बसेको हो ।

टिप्पणीहरू