ट्राफिकसँग लफडा गरेकी ज्वाला संग्रौला रविको पार्टीमा केन्द्रीय सदस्य

ट्राफिकसँग लफडा गरेकी ज्वाला संग्रौला रविको पार्टीमा केन्द्रीय सदस्य

ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा मुद्दामामिला खेपेकी स्वःघोषित सामाजिक अभियन्ता ज्वाला संग्रौला रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य बनेकी छन् । 

रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले उनीसहित १६ जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको हो । ज्वाला यसअघि राप्रपाको सामाजिक विभाग प्रमुख थिइन् । यस्तै, टेलिभिजन कार्यक्रम ‘लालमोहोर’ का सञ्चालक रमेश प्रसाईं पनि केन्द्रीय सदस्य बनेका छन् ।

यी दुईबाहेक निशा मेहता, विन्धवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बु सरकार श्रेष्ठ, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, अर्जुन अधिकारी र क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्रीलाई रास्वपाले केन्द्रीय समितिमा थपेको हो ।

टिप्पणीहरू