आईजीपी बालुवाटारमा, भारतीय विदेशसचिव कोटेश्वरमा

आईजीपी बालुवाटारमा, भारतीय विदेशसचिव कोटेश्वरमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले भेटवार्ता गर्नुभएको छ । उहाँले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट गर्नुभएको बताइएको छ । प्रधानमन्त्री दाहाल र महानिरीक्षक सिंहबीच बिहान १० बजेको समयमा आधा घण्टा कुराकानी भएको हो । सिंह इन्टरपोलको बैठकमा भाग लिएर अस्ति स्वदेश फर्कनुभएको हो ।

यता कोटेश्वरस्थित नेपाल निवासमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सचिव क्वात्रा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालसँग छलफल गर्न बिहान १० बजे त्यहाँ पुगेको हो ।

सचिव क्वात्रा नेपालको तीन दिने भ्रमणमा हिजो बिहान काठमाडौं आएका हुन् । उनले हिजै राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेता, एमाले अध्यक्ष, परराष्ट्रमन्त्री र परराष्ट्र सचिवसँग भेटवार्ता गरिसकेका छन् । टोली भोलि बिहान नयाँ दिल्ली फर्कने कार्यक्रम छ ।
 

टिप्पणीहरू