सिंहदरबारमा सहमति, लगनखेलमा विमति
आन्दोलनरत यातायात व्यवसायी र मजदुरहरुले यातायात बन्दको कार्यक्रम फिर्ता लिएका छन् । उनीहरुले सिंहदरबारमा भएको सरकारसँगको वार्तामा सहमति कायम गरेर आन्दोलन फिर्ता लिएका हुन् । सहमतिमा आन्दोलनकारीहरुको प्रमुख माग रहेको ट्राफिकले बढाएको चर्को कारवाही शुल्क र लाइसेन्स खारेजीको माग हाललाई स्थगित गरेर विद्यमान नियमानुसार मात्रै जरिवाना लिने भनिएको छ ।
उता ललितपुरको लगनखेलमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल मजदुर संगठनहरुको संयुक्त आयोजनामा ट्राफिक प्रहरीको ज्यादती र लाइसेन्स खारेजलगायतका विषयलाई लिएर विरोध प्रदर्शनको तयारी गरिएको बताइन्छ । सरकारसँग सहमति भइसक्दा पनि लगनखेलमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुरका अध्यक्ष गणेश श्रेष्ठको नेतृत्वमा उपस्थित भएका झण्डै एक सय जनाले विरोध कार्यक्रमलाई अगाडि बढाउने तयारी गरेका हुन् ।
उनीहरुको आफ्नो संगठनमा आन्तरिक असहमतिका कारण विवाद बढेकाले आन्दोलन गर्न लागेको स्रोतको दाबी छ ।
टिप्पणीहरू