भारतीय विदेश सचिव आज पनि भेटघाटमा व्यस्त, कोटेश्वरपछि सिंचाई मन्त्रालयमा

भारतीय विदेश सचिव आज पनि भेटघाटमा व्यस्त, कोटेश्वरपछि सिंचाई मन्त्रालयमा

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् ।  

सिंहदरवारस्थित ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा मन्त्री लिङ्देन र  सचिव क्वात्रा नेतृत्वको भारतीय टोलीबीच आज बिहान भेटवार्ता भएको हो । 

यसअघि क्वात्रा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ताको निम्ति नेपाल निवास कोटेश्वर पुगेका थिए । हिजो अबेर एमाले अध्यक्ष केपी ओलीसँग ओली निवास बालकोटमा कुराकानी गरेका हुन् ।

टिप्पणीहरू