कोरियाली राष्ट्रपतिका सल्लाहकार ढाका प्रस्थान, आज बिहानसम्म भेटघाटमा व्यस्त
नेपाल भ्रमण सकेर दक्षिण कोरियाको उच्च सरकारी अधिकारीहरुको टोली फिर्ता भएको छ ।
गणतन्त्र कोरियाका राष्ट्रपतिका सल्लाहकार सुङ मिन जाङ नेतृत्वको १७ सदस्यीमध्ये १३ सदस्य विमान बंगलादेशको उडानमा ढाका गएको छ ।
अस्ति नयाँ दिल्ली र सिउल हुँदै काठमाडौं आएको टोलीमा कोरियाका उच्चपदस्थ सरकारी अधिकारी र सामसुङ कम्पनीका वरिष्ठ अधिकारीहरु संलग्न थिए ।
नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्षगाँठ मनाउन उनीहरु नेपाल भ्रमणमा आएको बताइएको । भ्रमणको क्रममा टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौडेल, एमाले अध्यक्ष केपी शर्मा आलीलगायत थुप्रै नेपाली उच्च अधिकारीहरुसँग भेटघाट गरेका थिए ।
टिप्पणीहरू