राष्ट्रियसभाकाे अर्काे बैठक १२ दिनपछि

राष्ट्रियसभाकाे अर्काे बैठक १२ दिनपछि

राष्ट्रियसभाको आजको बैठकमा ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७८–०७९’ पेश भएको छ । समितिका सभापति प्रकाश पन्थले सभासमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् । 

त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश पनि सभामा प्रस्तुत गरिएको छ । गत असोज २८ गते क्याबिनेट निर्णयबाट जारी भएको उक्त आदेश कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले पेश गर्नुभएको हो ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विण्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको वजेटको अर्ध–वार्षिक मूल्यांकन प्रतिवेदन पनि प्रस्तुत गर्नुभयो । त्यस्तै, पूर्वसांसद कर्मा घलेको निधनमा बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ । 

राष्ट्रियसभाको अर्काे बैठक फागुन १४ गते दिउँसो १ बजेका लागि तोकिएको छ ।
 

टिप्पणीहरू