पाहुना आउनुअघि विमानस्थलको अति विशिष्ट कक्षबारे तानातान
भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपालको तीन दिने भ्रमणमा अस्ति काठमाडौं आएर हिजाे नै फर्केका छन् । बिहान पौने ११ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायुसेनाको विशेष विमानबाट उत्रेलगत्तै उनी उच्चस्तरीय भेटघाटमा व्यस्त रहे । राष्ट्रपतिदेखि विपक्षी दल र मुख्य राजनीतिक दलका अध्यक्ष तथा केही मन्त्री र परराष्ट्र सचिवसँग क्वात्रा नेतृत्वको टोलीले भेट गरेको छ ।
नयाँ दिल्लीबाट आएको चार सदस्यीय टोलीमा लैनचौरस्थित राजदूत नवीन श्रीवास्तवलगायत सदस्य मिसिएपछि टोलीमा सात जना रहे । तर,अस्ति बिहान सचिव क्वात्रा आउँदा अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वी कुनामा अवस्थित विशिष्ट कक्ष उपलब्ध गराउन त्योभन्दा पहिले नै तानातान भएको पाइएको छ ।
‘भएभरका पाहुनालाई किन चाहियो अति विशिष्ट कक्ष रु,’ नागरिक उड्डयन प्राधिकरण स्रोतले भन्यो, ‘कसले दिन खोज्यो रु उनीहरुले नै मागेका थिए वा नेपालका कर्मचारी ९नोकरशाह० हरुले चाकडी बजाए रु यो खोज्ने जिम्मा राज्यको चौथो अंगको हो ।’ उनले अहिलेकोे बेला पाहुनालाई सोचेभन्दा बढी सेवा सत्कार गर्न सकिएमा भावी दिनमा आफ्नो भलो हुने उद्देश्यले काम गरेको आशंका पनि केही कर्मचारीको छ । राजनीतिक गञ्जागोल भएको बेलामा कर्मचारीका हाकिमले अति विशिष्ट कक्षको ताल्चा खोलिदिँदा ‘साँप मर्ने,लठ्ठी पनि नभाँचिने’ उद्देश्य राखेको हुनसक्ने धेरैको अड्कल छ । ‘परेको बेलामा व्यक्तिगत केही सुविधा लिन सकिन्छ भनेर पनि हुनसक्छ,’ स्रोतले अड्कल लगायो ।
काठमाडौं विमानस्थलमा रहेको विशिष्ट कक्ष सामान्यतयाः स्वदेश र विदेशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले गर्ने औपचारिक एवम् राजकीय भ्रमणमा प्रयोग गरिन्छ । राजाको पालादेखि नै त्यसैगरी उक्त कक्षको प्रयोग हुँदै आएको छ ।उक्त कक्ष सेनाको मातहत र व्यवस्थापनमा छ । त्यही ठाउँबाट राष्ट्र प्रमुख र सरकार प्रमुखको विदेश भ्रमणमा बिदाई र स्वागत गर्ने चलन छ ।
अति विशिष्ट कक्षको परिसरमा राष्ट्राध्यक्ष वा सरकार प्रमुखलाई सैनिक सलामी दिइन्छ र राष्ट्रिय धुन पनि बजाइन्छ । उडानमा प्रयोग भएको सम्बन्धित विमानलाई पनि अन्तर्राष्ट्रिय टर्मिनलबाट थोरै उत्तरतिर राखेर उक्त कक्षको नजिकै पुर्याइन्छ ।
यस्तो अवस्थामा प्रयोग हुँदै आएको उक्त कक्ष हालै सम्पन्न भारतीय विदेश सचिव विनयमोहन क्वात्राको आगमनमा पनि प्रयोग गर्न खोजिएको रहस्य खुलेको हो । यता विमानस्थलमा रहेका विभिन्न सरकारी निकायका अधिकारीहरुले केही दिनदेखि त्यही कक्ष क्वात्रालाई पनि उपलब्ध गराउँदा राम्रो हुने भन्दै कुरा चलाएका थिए । ‘कुरा चल्यो,नागरिक उड्डयन प्राधिकरणको तर्फबाट कोशिस पनि भयो । तर त्यो कार्य प्रोटोकलले दिँदैन भनेर विमानस्थलमा रहेका विभिन्न डेढ दर्जन सरकारी निकायमध्येले आपत्ति जनाए,’ स्रोतले भनेको छ ।
प्रोटोकलविपरित हुने भन्दै केही सरकारी निकायले आपत्ति जनाएपछि अन्ततः विदेश सचिव क्वात्रा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा रहेको विशिष्ट कक्षबाटै नेपाल भित्रिएका थिए । उनले अति विशिष्ट कक्ष प्रयोग गरेका होइनन् ।
हुन तः पाहुनालाई सकेको क्षमतामा स्वागत गर्ने र अतिथि देवो भवः मान्ने नेपाली मूल मन्त्र हो । पाहुनाको स्वागतमा कुनै कसर पनि बाँकी राख्न हुँदैन भन्ने हाम्रो संस्कार छ । अस्ति भारतीय पाहुना प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई भ्रमणको निम्तो दिन आएका हुन् । यस्ता पाहुनाको मनलाई भित्रैदेखि थप खुशी बनाउन खोज्नु राम्रै पक्ष हो ।
अर्कोतर्फ भारतसँग पछिल्ला दिनमा नेपालको सीमा समस्या छ । नेपालले भैरहवाबाट नेपाल भित्रिन मिल्ने नयाँ हवाई रुटको माग गर्दै आएको छ । हाम्रो भारतसँगको व्यापार घाटा पनि उकालो लागेको छ । यी सबै समस्या समाधानको निम्ति नेपालमा तीन वर्ष राजदूतको रुपमा बसेर गएका सचिवको अझ बढी मन जित्न कोशिस गर्नुलाई अन्यथा भन्न मिल्दैन ।
सचिव क्वात्रालाई खुशी बनाउँदा नेपालले आगामी प्रधानमन्त्रीको भ्रमणमा थप उपलब्धी हात पार्न सकिने अपेक्षा पनि गर्न सकिन्छ । त्यसैले यस्तो बेलामा सकेको स्वागत गर्नुलाई अन्यथा भन्न मिल्दैन । तर, पाहुना खुशी बनाउने नाममा मुलुकले तय गरेको राजकीय प्रोटोकललाई नै लत्याउन खोज्ने नेपालका सरकारी अधिकारीहरुको नियत भने सुक्ष्म ढंगले विश्लेषण गर्नु अति जरुरी देखिएको बताइन्छ ।
टिप्पणीहरू