मान बदलियो मन बदलिएन
सांसद्को सुविधा सामाजिक काममा सुविधाबाट ज्येष्ठ नागरिक आश्रमलाई सहयोग
पाँचथरबाट एक नम्बर प्रदेश सभा सदस्य मैंया श्रेष्ठ लावतीले आफुलाई राज्यबाट प्राप्त पहिलो महिनाको सुविधाले फिदिम २ मा रहेको ज्येष्ठ नागरिक आश्रमका नागरिकलाई खाद्यान्न र लत्ता कपडा उपलब्ध गराउनु भएको छ ।
सांसद श्रेष्ठले आश्रममा रहेका१८ जना ज्येष्ठ नागरिकका लागि दुई महिना पुग्ने ५ सय किलो चामल,नुन,तेल र मसला सँगै स्विटर,ट्राउजर र ट्राक सुट जस्ता बस्तु उपलव्ध गराउनुभएको हो । शनिवार फिदिम २ स्थित आश्रममा पुगेकी श्रेष्ठले त्यहाँ आश्रित ज्येष्ठ नागरिकसँगै आश्रम सञ्चालक राधिका थापालाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । सांसद भएपछि राज्यबाट प्राप्त पहिलो महिनाको सुविधा परोपकारी काममा लगानी गर्ने मनसायले आश्रमलाई सहयोग गरेकी छन् ।
सभाषद श्रेष्ठले सामाजिक संजालमा लेखेकी छन् मैले राज्यबाट पाएको पहिलो सेवा सुबिधा बृदआश्रम लाई म सांसद भएर राज्यबाट मैले सांसदको रूपमा पाएको पहिलो महिनाको सबै सेवा सुबिधा आज जेष्ठ नागरिक आश्रम फिदिमका बृद बुबा(आमा हरुलाइ न्यानो कपडाहरु र खाद्यान्न समाग्री बितरण गर्ने कार्य सम्पन्न भएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका सह महामन्त्री भिष्मराज आङदेम्वे र फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्ले लगायतको उपस्थिति थियो । सांसद श्रेष्ठ मंसिर ४ गते सम्पन्न प्रदेस सभा निर्वाचनबाट समानुपातिक प्रणाली मार्फत १ नम्बर प्रदेश सभा सदस्यमा चुनिनुभएको हो ।
टिप्पणीहरू