राप्रपाका मन्त्रीहरुले बाग्मतीको जलप्रवाह बढाउने

राप्रपाका मन्त्रीहरुले बाग्मतीको जलप्रवाह बढाउने

आगामी शिवरात्रीका दिन बाग्मती नदीमा जलप्रवाह बढाउन तीनजना मन्त्री  एकैसाथ सुन्दरीजल जाने भएका छन् । बाग्मती ड्यामको अवलोकन तथा परीक्षण प्रवाहका लागि राप्रपाका तीनै जना मन्त्री सुन्दरीजल जान लागेका हुन् । 

उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन, राज्यमन्त्री दिपक सिंह र शहरी विकासमन्त्री विक्रम पाण्डेसहितको टोली भोलि बिहान ड्याम अवलोकनमा जाने बताइएको छ । उक्त कार्यक्रको समाचार संकलन गरिदिन मन्त्री लिङ्देनको सचिवालयले पत्रकार र सञ्चार गृहहरुलाई निम्तोसमेत पठाएको छ ।

टिप्पणीहरू