घाइते सांसद भेट्न कीर्तिपुरमा काँग्रेस सभापति र नेताहरु

घाइते सांसद भेट्न कीर्तिपुरमा काँग्रेस सभापति र नेताहरु

हिजो राति ग्यास बिस्फोटपछि घाइते हुनुभएका काँग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुग्नुभएको छ ।

बिस्फोटपछि सांसद भण्डारी र आमा घाइते हुनुभएको हो । राति पौने ११ बजेदेखि उक्त अस्पतालमा भर्ना हुनुभएका उहाँहरुको अवस्था बुझ्न सभापतिसहित काँग्रेसका दर्जनबढी नेताहरु कीर्तिपुर पुगेका हुन् ।

अस्पताल स्रोतले उहाँको आमाको निधन भएको जनाएको छ । भण्डारीको आईसीयूमा उपचार भइरहेको छ । अस्पतालमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, प्रदीप पौडेललगायत झण्डै पाँच दर्जन नेता, कार्यकर्ता तथा आफन्तजन पुगेको बताइएको छ । 

भर्खरै अर्थमन्त्री विष्णु पौडेल पनि अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

टिप्पणीहरू