फिजीमा हिन्दी सम्मेलन, भारतीय विदेशमन्त्रीको सम्बोधन

फिजीमा हिन्दी सम्मेलन, भारतीय विदेशमन्त्रीको सम्बोधन

फिजीमा आयोजना गरिएको १२ औं विश्व हिन्दी सम्मेलनको समापन गरिएको छ । समापन समारोहलाई भारतीय विदेशमन्त्री एस. जयशंकरले सम्बोधन गरेको बताइएको छ । सम्मेलनमा त्यहाँका राष्ट्रपति रातू विलियामे काटोनिवेरी, प्रधानमन्त्री सीतिवेणी रम्बुका, उपप्रधानमन्त्री बिमनप्रसादसहित धेरै जना मन्त्री उपस्थित भएका थिए ।

तीन दिनसम्म भएको सम्मेलनलाई भारतले दुुई देशबीच रहेको सशक्त सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धको उपमा दिएको छ । सम्मेलनमा भारतसहित ३१ मुलुकका प्रतिनिधिले भाग लिएको बताइएको छ । त्यसैगरी नौ सयभन्दा धेरै विद्धान र हिन्दी भाषाप्रेमीको सहभागिता रहेको विदेशमन्त्री जय शंकरले ट्वीटमा जानकारी दिएका छन् । उनले भनेका छन्, ‘यस किसिमको सम्मेलनले हिन्दी भाषा विस्तारमा बल मिलेको छ ।’

 

टिप्पणीहरू