जसपाको कार्यकारिणी बैठक प्रजातन्त्र दिवसको दिन

जसपाको कार्यकारिणी बैठक प्रजातन्त्र दिवसको दिन

जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेको छ । पर्सि फागुन ७ गते आइतबारका लागि बैठक बोलाइएको हो ।  ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक शुरु हुने जसपाका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए । 

उनका अनुसार पार्टीको विधान अधिवेशन, एकता प्रयास, समसामयिक राजनीतिलगायतका विषय बैठकका एजेण्डा छन् । त्यस्तै, राष्ट्रपतिको चुनावबारे पनि बैठकमा छलफल हुनेछ ।
 

टिप्पणीहरू