रक्षामन्त्रीहरुको सम्मेलनमा भाग लिएर मन्त्री उप्रेती स्वदेश फिर्ता

रक्षामन्त्रीहरुको सम्मेलनमा भाग लिएर मन्त्री उप्रेती स्वदेश फिर्ता

रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणपछि स्वदेश फर्कनुभएको छ । उहाँ बैंगलोरमा आयोजित रक्षामन्त्रीहरुको सम्मेलनमा भाग लिएर आज काठमाडौं आउनुभएको हो ।

मन्त्री उप्रेती एअर इण्डियाको उडान नम्बर एआई २१५ मा नयाँ दिल्लीबाट दिउँसो पौने ३ बजे काठमाडौं आइपुग्नुभएको हो । 

मन्त्रीको भ्रमणदलमा रहेका रथी सरोजप्रताप राणासहितको टोली पनि आजै फर्केको छ । मन्त्री उप्रेतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधान सेनापति प्रभुराम शर्माले स्वागत गर्नुभएको हो ।

टिप्पणीहरू