प्रधानमन्त्री सेनाको स्काइ ट्रकमा पोखरा प्रस्थान : जाँदा १४ जना, फर्कंदा दुई थपिने

प्रधानमन्त्री सेनाको स्काइ ट्रकमा पोखरा प्रस्थान : जाँदा १४ जना, फर्कंदा दुई थपिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जानुभएको छ । उहाँ सेनाको स्काइ ट्रकमा साढे १० बजे त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ । प्रधानमन्त्रीको टोलीमा १४ जना छन् । अपरान्ह फर्कंदा पोखराबाट अरु दुई जना पनि थपिने जानकारीसमेत प्राप्त भएको छ ।

टोलीमा अधिकांश उहाँका निजी सचिवालयका कर्मचारी छन् । जसमा छोरी गंगा दाहाल, रमेश मल्ल, गौरवकुमार केसी, कविता केसी, मनहरि तिमिल्सिना र प्रदीपराज वन्त छन् । त्यसैगरी एडिसी लेफ्टिनेन्ट कर्नेल निरज भण्डारी, मेजर जनार्दन सिलवाल, डिएसपी सिद्धराज न्यौपाने, क्याप्टेन सरोज महर्जन, सशस्त्र प्रहरी इन्स्पेक्टर मनोज थापा, भगवान थापा र हरि ढकाल पनि प्रधानमन्त्रीसँग पोखरा गएका छन् ।

प्रधानमन्त्री पोखराबाट फर्कंदा महासचिव देव गुरुङ र प्रमुख सचेतक हितराज पाण्डे पनि सोही ट्रकमा फर्कने कार्यक्रम छ ।
 

टिप्पणीहरू