ताप्लेजुङमा शिक्षक, कर्मचारी र पेशागत महासंघले छान्यो नयाँ नेतृत्व

ताप्लेजुङमा शिक्षक, कर्मचारी र पेशागत महासंघले छान्यो नयाँ नेतृत्व

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, ताप्लेजुङको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशन संगठनका केन्द्रीय सदस्य नेत्र नेपालीको प्रमुख आतिथ्य तथा अम्बिका राजभण्डारीको विशिष्ट आतिथ्यमा भएको हो ।

प्रथम जिल्ला अधिवेशनबाट कमल भट्टराई अध्यक्षमा छानिएका छन् । १५ सदस्यीय ताप्लेजुङ जिल्ला समितिको प्रदेश प्रतिनिधिमा कमल पौडेल र केन्द्रीय प्रतिनिधिमा शान्तिराम नेपाल, शान्ता यङ्हाङ र अम्बिका हाङवाङ छनौट भएका हुन् । 

त्यस्तै, पेशागत महासंघ, नेपाल ताप्लेजुङको तेस्रो जिल्ला अधिवेशनले मुकुन्द भट्टराईलाई महासचिव र लेखनाथ गुरागाईंलाई अध्यक्षमा चयन गरेको छ । गुरागाईंको नेतृत्वमा १६ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । 

महासंघका केन्द्रीय सदस्य कृष्ण सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा अम्बिका राजभण्डारी विशिष्ट अतिथि थिइन् । 

त्यसैगरी एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल ताप्लेजुङको प्रथम जिल्ला अधिवेशन केन्द्रीय सचिवालय सदस्य एवम् संगठन विभाग प्रमुख चेतनाथ न्यौपानेको प्रमुख आतिथ्य र अम्बिका राजभण्डारीको विशिष्ट आतिथ्यमा हालै सम्पन्न भएको छ ।  

प्रथम जिल्ला अधिवेशनबाट प्रकाश गुरुङ अध्यक्ष र मनिता भट्टराई सचिवमा चयन भएका छन् । ११ सदस्यीय संगठनको प्रदेश प्रतिनिधिमा शम्भू श्रेष्ठ र केन्द्रीय प्रतिनिधिमा माधव गुरागाईं र मञ्जु राई छानिएका छन् ।

 

टिप्पणीहरू