सभामुख र माधव नेपाल भैरहवा पुग्नुभयो

सभामुख र माधव नेपाल भैरहवा पुग्नुभयो

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे भैरहवा जानुभएको छ । उहाँ आज बेलुकी काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सभामुख घिमिरे बुद्ध एअरको उडान नम्बर बीएचए ८०१ मा साँझ सवा ६ बजे भैरहवा जानुभएको बताइएको छ ।

आजै साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि काठमाडौंबाट भैरहवा पुग्नुभएको छ । उहाँ पूर्वमन्त्री तथा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीसँगै त्यता जानुभएको हो । उहाँहरु बुद्ध एअरको उडान नम्बर ५६१ मा साँझ पौने ७ बजे काठमाडौंबाट प्रस्थान गर्नुभएको हो ।

यसअघि आज दिउँसो ४ बजे अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो । उहाँहरुबीच सिंहदरबारस्थित संसद सचिवालय परिसरमा रहेको माओवादी संसदीय दलको कार्यालयमा झण्डै पौने घण्टा कुराकानी भएको बताइन्छ । प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच आगामी राष्ट्रपति निर्वाचनबारे छलफल भएको बुझिएको छ ।

टिप्पणीहरू