रात परेपछि बालकोट पुगेका रवि लामिछाने भर्खर फर्किए
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । लामिछाने अध्यक्ष ओलीसँग भेटवार्ता गर्न राति ८ बजे त्यहाँ पुगेको बताइन्छ ।
एमाले अध्यक्ष ओलीसँग डेढ घण्टा कुराकानी गरेपछि सभापति लामिछाने भर्खरै त्यहाँबाट निस्केका हुन् । बालकोटमा भएको कुराकानी आगामी राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेको स्रोतको दाबी छ ।
यसअघि हिजो राति बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । काँग्रेसको तर्फबाट सभापतिसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापालगायत नेताहरु पनि त्यहाँ पुगेका थिए ।
टिप्पणीहरू