हिजो पोखराबाट सँगै आएका माओवादी महासचिव बिहान बालुवाटारमा
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ बालुवाटार पुग्नुभएको छ । गुरुङ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बिहान त्यहाँ जानुभएको बताइएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाल र महासचिवबीच साढे ८ बजेदेखि कुराकानी भएको हो । गुरुङ हिजो दिउँसो पोखराबाट सेनाको स्काई ट्रकमा प्रधानमन्त्री दाहालसँगै काठमाडौं आउनुभएको थियो ।
त्यसपछि प्रधानमन्त्रीले दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग सिंहदरबारमा भेट गर्नुभयो । साँझ ५ बजेपछि पार्टी मुख्यालय, कोटेश्वरमा माओवादी पदाधिकारीहरुको बैठकमा अध्यक्ष दाहाल र महासचिव उपस्थित हुनुभएको हो ।
टिप्पणीहरू