भैरहवामा अकस्मात कम्युनिस्ट नेताहरुको भेला

भैरहवामा अकस्मात कम्युनिस्ट नेताहरुको भेला

मुलुकको आन्तरिक राजनीतिमा विकसित पछिल्लो घटनाक्रमबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हिजो साँझ भैरहवा पुग्नुभएको छ । उहाँसँगै नेता तथा सांसद मेटमणि चौधरी पनि हिजो त्यहाँ देखिनुभएको स्रोतको दाबी छ । 

समाजवादीका दुई नेता काठमाडौंबाट भैरहवा पुगेको केहीबेरमै सभामुख देवराज घिमिरेसमेत भैरहवातिर लाग्नुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्ति बेलुकी राष्ट्रिय सहमतिको राष्ट्रपतिमा अध्यक्ष नेपाललाई प्रस्ताव गरेपछि हिजो बेलुकी एमाले नेताहरुसँगै समाजवादीका नेताहरुबीच भैरहवामा वार्ता भएको बताइन्छ ।

यता पार्टी अध्यक्ष ओलीले नेपाललाई राष्ट्रपति प्रस्ताव गरेसँगै १० सीट भएको समाजवादीलाई एमालेमा मिल्न बाटो खुलेको एमालेजनको भनाइ छ ।  हिजो राति भैरहवामा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता चौधरीसँग उपप्रधान तथा अर्थमन्त्री एवम् उपाध्यक्ष विष्णु पौडेल र सभामुख देवराज घिमिरेको पनि कुराकानी भएको बताइन्छ । 

माधव नेपाल राष्ट्रपति उम्मेदवार र समाजवादीसँग एकता हुने अवस्थामा एमाले नै संसदमा सबैभन्दा ठूलो पार्टी बन्ने अवस्था बन्ने छ ।

टिप्पणीहरू