राष्ट्रिय सभाका अध्यक्ष र मुस्लिम आयोगका अध्यक्ष विदेशबाट सँगसँगै

राष्ट्रिय सभाका अध्यक्ष र मुस्लिम आयोगका अध्यक्ष विदेशबाट सँगसँगै

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी सँगसँगै स्वदेश फर्कनुभएको छ । उहाँहरु आज बिहान साढे ७ बजे काठमाडौं आइपुग्नुभएको बताइएको छ ।

दुबै जना फ्लाई दुबईको उडान नम्बर एफजेट ५८७ मा दुबईबाट आउनुभएको हो । अध्यक्ष तिमिल्सिना दुबईमा भएको अन्तर्राष्ट्रिय पर्वत समाजको कार्यक्रममा भाग लिएर फर्कनुभएको हो । उहाँ गत बुधबार त्यसतर्फ जानुभएको थियो । 

संसद सचिवालयका अनुसार अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा दुबई गएको संसदीय टोलीमा मुस्लिम आयोगका अध्यक्ष, अध्यक्ष तिमिल्सिनाका स्वकीय सचिव उदय तिमिल्सिनाका साथै किशोर सुवेदी र पुष्कर पौडेल पनि थिए । 

टोलीका पाँचै जना सदस्य आज बिहान स्वदेश फर्केका हुन् । तर, यसअघि स्रोतका अनुसार उहाँहरु हिजो दिउँसो २ बजे सोही विमानको उडान नम्बर एफजेट ५३९ बाट काठमाडौं फर्कने कार्यक्रम थियो । तर, एक दिन ढिलो आज स्वदेश आउनुभएको हो ।

टिप्पणीहरू