आजको बैठकमा प्रतिनिधिसभा नियमावली प्रतिवेदन प्रस्तुत हुने
आज दिउँसो बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावलीको मस्यौदा प्रतिवेदन प्रस्तुत हुने भएको छ । बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समिति’ ले तयार पारेको प्रतिवेदन प्रस्तुत हुने कार्यसूची छ ।
प्रतिवेदन समितिका सभापति सांसद चित्रबहादुर केसीले बैठकमा प्रस्तुत गर्ने बताइएको छ । विद्यमान प्रतिनिधिसभा नियमावलीमा आवश्यक संशोधनका लागि गठित समितिले तयार पारेको प्रतिवेदन सभापति केसीले प्रस्तुत गर्न लाग्नुभएको हो ।
संशोधित नियमावलीमा फौजदारी अभियोग लागेका संसद निलम्बन हुने र महाअभियोग प्रस्तावको निरन्तरता हुनुपर्ने उल्लेख छ । त्यसैगरी संसदीय समितिमा स्वार्थ बाझिने कुनै पनि सांसदलाई प्रतिनिधित्व गराउन नहुने प्रावधान पनि राखिएको छ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे डाकिएको छ ।
टिप्पणीहरू