एमाले सांसद र पूर्व उपराष्ट्रपति सिउल प्रस्थान

एमाले सांसद र पूर्व उपराष्ट्रपति सिउल प्रस्थान

एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल दक्षिण कोरिया गएका छन् । उनी मलेसियाको राजधानी क्वालालम्पुर हुँदै कोरिया गएको बताइएको छ । 

ढकाल दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर प्रस्थान गरेका हुन् । होलिवाइन उपनामले परिचित ढकाल दिउँसो २ बजे मलेसियन एयरको उडानमा त्यसतर्फ गएको उनको दल निकटस्थ एक जनाले बताएका छन् ।

त्यस्तै, पूर्वउपराष्ट्रपति परमानन्द झा पनि आजै कोरिया गएका छन् । उनी बैंकक हुँदै सिउल गएको बताइन्छ । थाई स्माईल एयरबाट बैंकक हुँदै दिउँसो १ बजे कोरियाका लागि प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतले जनाएको छ ।

टिप्पणीहरू