राष्ट्रपतिका दुई दावेदारबीच आलोकनगरमा वार्तालाप

राष्ट्रपतिका दुई दावेदारबीच आलोकनगरमा वार्तालाप

भावी राष्ट्रपतिका रुपमा चर्चा गरिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज दिउँसो उनीहरुले भेटघाट गरेका हुन् । 

सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको समेत समर्थनमा काँग्रेसले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन लागेको छ । त्यस्तै, आफूले भनेको व्यक्तिलाई माओवादीले भोट नहाल्ने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव गरेको चर्चा छ ।

यसैबीच काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भर्खरै शुरु भएको छलफलमा माधव नेपाल पुग्नुभएको छ । सभापति र अन्य नेताहरुसहितको उक्त छलफलमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको बुझिएको छ ।

आजै समाजवादीको सचिवालय बैठकले राष्ट्रपतिको औपचारिक प्रस्ताव आए स्वीकार गर्ने र त्यसका लागि राष्ट्रिय सहमति बनाउन अन्य राजनीतिक दलहरुसँग घनिभूत वार्ता गर्ने निर्णय गरेको छ ।

टिप्पणीहरू